२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

वीर र एपीएफ अस्पतालका १४ जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइयो


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार दाहाल १६ जनाको मेडिकल टिम र आवश्यक सामाग्रीसहित जाजरकोट पुगेका हुन् ।

सरकारले वीर अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोली पनि भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । वीर अस्पतालका ६ जना र सशस्त्र प्रहरी बल अस्पतालका ८ जना स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको हो ।

उनीहरु नेपाली सेनाको स्काई ट्रकमार्फत घटनास्थलतर्फ लागेको हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ