२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभूकम्पमा घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क गर्छ : स्वास्थ्यमन्त्री

भूकम्पमा घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क गर्छ : स्वास्थ्यमन्त्री


काठमाडौं-स्वास्थ्य  तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि: शुल्क उपचार गर्ने बताएका छन् ।

शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिदै आवश्यकता अनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए ।

मन्त्री बस्नेतले भने, ‘त्यही उपचार गर्नु पर्ने घाइतेहरुको उपचार त्यही गर्छौ । त्यहाँ उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौ । उपचारमा कुनै कमि हुने छैन । ’ मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने दावी गरे ।

मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।

जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १२० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आजै बिहानै जाजरकोट पुगिसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ