२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरका सुत्केरी महिलालाई पोसिलो खानेकुराका लागि १० हजार रुपैयाँ दिइने 

काठमाडौं महानगरका सुत्केरी महिलालाई पोसिलो खानेकुराका लागि १० हजार रुपैयाँ दिइने 


काठमाडौं– महानगरपालिकाले सुत्केरी महिलाका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना अन्तर्गत महानगरबासी सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिन ७ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गर्ने भएको हो ।

शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गरिने महानगरले जनाएको छ ।

यस्तै कुनै सदस्यको नियमित रोजगारी नभएका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको परिवारमा रहेकी ४२ दिन भित्रको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने भएको छ ।

महानगरको उक्त सहयोग लिनका लागि सम्बन्धित व्यक्तिले ९८४१९८५४९० यो नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ