२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन अस्पतालका चिकित्सकमाथि कुटपिट गर्नेमाथि कानुनी कारवाही गर्न एनएमएको माग

पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट गर्नेमाथि कानुनी कारवाही गर्न एनएमएको माग


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले पाटन अस्पतालका चिकित्सकमाथि भएको हातपात र कुटपिटको घटनामा संलग्नमाथि कानुनी कारवाहीको माग गरेको छ । सोमबार संघका महासचिव डा. सन्जिव तिवारीले एक विज्ञप्ती जारी १८ कात्तिकमा भएको उक्त घटनामा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेका हुन् ।

संघले अस्पतालको जेष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सकमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘स्वास्थ्य सेवाजस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता अस्वभाविक र निकृष्ट गतिविधीले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने भएको हुनाले उक्त घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारवाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

संघले घटनामाथि छानविन गरी दोषीमाथि कानुन बमोजिम दण्ड सजाय हुनुपर्ने उल्लेख गर्दै तर चिकित्सकमाथि कुटपिटका गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधी हुनु न्यायोचित नभएको उल्लेख गरेको छ । उसले पाटन अस्पताललाई समेत १८ कात्तिकमा मृत्यु भएका बिरामीको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ ।

१८ कात्तिकमा अस्पताल भर्ना भएका ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । बिरामीलाई औषधी दिने बितिकै मृत्यु भएको भन्दैं मृतकका आफन्तले भने चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दैं हातपात गरेका थिए ।

उक्त घटनापछि पाटनमा रेजिडेन्ट चिकित्सकहरुसमेत आन्दोलनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ