२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा भूकम्पकी घाइते जमुनाको गर्भबाट मृत शिशु निकालियो

भेरी अस्पतालमा भूकम्पकी घाइते जमुनाको गर्भबाट मृत शिशु निकालियो

भूकम्पका ८ जना घाइतेको शल्यक्रिया, ४३ जनाको उपचार हुँदैं


नेपालगन्ज-जाजरकोटमा भूकम्पमा परेर घाइते भएर उपचारका लागि भेरी अस्पतालमा नेपालगन्जमा ल्याइएकी गर्भवती महिलाको गर्भमा मरेको शिशुलाई निकालिएको छ ।

सोमबार जाजरकोटको नलगाड नगरपालिका—६ की १९ वर्षीया जमुना बुढामगरको गर्भमा रहेको ८ महिनाको मृत शिशुलाई भेरी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. नवीन बुढाथोकी र प्रसुती कक्षमा कार्यरत नर्सिङहरुको टिमले औषधी दिएर ब्यथा लगाएर निकालेका हुन् ।

गर्भबाट शल्यक्रिया गरेर शिशु निकालिएकी महिलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । ती महिलाका श्रीमान भागीराम बुढामगरको भूकम्पमा परेर मृत्यु भएको थियो ।

भेरी अस्पतालमा अहिलेसम्म ८ जना घाइतेको अपरेशन गरिएको छ । घाइते भएकामध्ये ४३ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको छ ।

अस्पतालमा ल्याएका घाइतेमध्ये दुई जनाको आईसीयुमा उपचार भइरहेको छ ।

पछिल्लो १२ घण्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिएको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ