२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसञ्चालनमा आएको ९ वर्षपछि मंगलादेवी वर्थिङ्ग सेन्टरको उद्घाटन

सञ्चालनमा आएको ९ वर्षपछि मंगलादेवी वर्थिङ्ग सेन्टरको उद्घाटन


काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा सञ्चालित मङ्गलादेवी वर्थिङ्ग सेन्टरको औपचारिक उद्घाटन भएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त वर्थिङ्ग सेन्टरको औपचारिक उद्घाटन भएको हो ।

अर्थमन्त्री रामशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त वर्थिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् ।  सन् २०१३ बाट सञ्चालनमा आएको मङ्गलादेवी वर्थिङ्ग सेन्टर भारतीय राजदूतावासको सहयोगमा बनेको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भारतले सञ्चालन गरेका यस्ता साना परियोजना प्रभावकारी र चाँडो निर्माण भएको बताए । वर्थिङ्ग सेन्टर निर्माणमा गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिँदै उनले  आगामी दिनमा यस्ता साना कार्यक्रमको दायरा र लागत बढाउन समेत  पुनर्विचार हुने बताए ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अनिता देवीले दिगो विकास लक्ष्य पूरा गर्न यस्ता वर्थिङ्ग सेन्टरले सहयोग पुर्‍याउने बताइन् । साथै प्रदेश तथा स्थानीय स्तरमा पनि यस्ता सेन्टर तय गर्न सहयोग गर्न आग्रह गरिन् ।

भारतीय राजदूत श्रीवास्तवले वर्थिङ्ग सेन्टर भारत सरकारको साना विकास परियोजना अन्तर्गत निर्माण भएको बताए । आगामी दिनमा मुस्ताङ जिल्लामा दुई वटा र बैतडीमा एउटा सेन्टर बनाउन सहमति भएको  बताउँदै अर्थमन्त्रीसमक्ष परियोजनाको प्रोजेक्ट बढाउन सहयोग गर्न पनि उनले आग्रह गरे ।

अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि वर्थिङ्ग सेन्टर सहयोगी भएको बताए । उनले प्रत्येक अस्पतालमा छुट्टै यस्ता सेन्टर हुनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ