२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभूकम्प प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवा प्रदान गर्न प्रतिकार्य योजना तयार 

भूकम्प प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवा प्रदान गर्न प्रतिकार्य योजना तयार 


काठमाडौं– भूकम्प प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवा प्रदान गर्न प्रतिकार्य योजना तयार गरिएको छ । कर्णाली प्रदेश सरकारको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक आधारभूत र नियमित स्वास्थ्य सेवा विस्तारका लागि कार्य योजना बनाई कार्तिक १९ गतेदेखि सेवा प्रवाह सुरु गरेको हो ।

स्वास्थ्य निर्देशनालयले भूकम्प प्रभावित क्षेत्रमा २१ वटा कार्यक्षेत्र बनाई काम सुरु गरिसकेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । उक्त कार्यक्षेत्रको विभिन्न अस्पताल तथा सङ्घ संस्थालाई जिम्मा दिइएको छ ।

भूकम्प प्रभावित क्षेत्रको घटनाको प्रारम्भिक मूल्याङ्कन, आपतकालीन तथा अत्यावश्यक स्वास्थ्य र पोषण सेवा प्रदान, आकस्मिक स्वास्थ्य सेवाको प्रवाह, गर्भवती तथा सुत्केरी सेवा, मानसिक स्वास्थ्य, आधारभूत स्वास्थ्य र पोषण सेवाको निरन्तरता, स्वास्थ्य पुनर्स्थापना, सङ्क्रमण रोकथाम तथा नियन्त्रण, अक्सिजन व्यवस्थापन, रगत व्यवस्थापन, एम्बुलेन्स व्यवस्थापन, शव व्यवस्थापन, स्वास्थ्य फोहोर व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, स्वास्थ्य तथा पोषण आपूर्ति व्यवस्थापन, स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार लगायतका २१ वटा कार्यक्षेत्र रहेका छन् ।

उनका अनुसार उक्त क्षेत्रमा हाल घटनाको प्रारम्भिक मूल्याङ्कन भइरहेको छ । नमुना सङ्कलन, द्रुत निदान तथा प्रेषण व्यवस्थापन, स्वास्थ्य र पोषण सेवा अन्तर्गतका सेवा, मानसिक स्वास्थ्य सेवा अपाङ्गता तथा घाइते भएका बिरामीहरूको विवरण सङ्कलन गरी सहायक सामग्रीको व्यवस्था मिलाउने तथा आपतकालीन अवस्थामा चाहिने मोबिलिटी तथा सहायक सामग्रीहरूको व्यवस्थापन तथा पुनर्स्थापना क्षेत्रमा कार्यरत सङ्घ संस्थाहरूको रोष्टर तयार गरी आपतकालीन अवस्थामा आवश्यक सहयोगका लागि नियमित सञ्चालन हुने भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ