२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट…’

फ्रन्टलाइन छाडेर डा. चक्रराज अनमीव अस्पतालमा, डा. योगेश नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट…’


काठमाडौं—वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले फ्रन्टलाइन अस्पताल छाडेका छन् । फ्रन्टलाइनको ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’ डा. पाण्डेले दशैंअघि नै फ्रन्टलाइन छाडेका हुन् ।

वि.सं. २०७८ फागुनमा अस्पतालको क्लिनिक पक्षको नेतृत्व लिएका उनी १९ महिनापछि त्यो भूमिकाबाट बाहिरिएका हुन् । २ सय शैय्याको फ्रन्टलाइन अस्पताल संचालनको सुरुवाती समयमा कमाण्ड सम्हालेका पाण्डेले १९ महिनामै उक्त भूमिका त्यागेका हुन् ।

अहिले डा. पाण्डे आफ्नै स्वामित्वमा संचालनमा ल्याइएको लाजिम्पाटस्थित १५ शैय्याको अनमीव अस्पतालमा व्यस्त भएका छन् । डा. पाण्डेले दशैंअघि नै आफूले फ्रन्टलाइनको क्लिनिकल नेतृत्व छाडेको बताए । ‘मैले दशैंअघि नै फ्रन्टलाइन छोडे,’ उनले हेल्थआवाजसँग भने, ‘त्यो अस्पतालमा सिष्टम बसाउन भूमिका खेले । अहिले म आफ्नै अस्पतालमा केन्द्रीत भएको छु । यसलाई एकेडेमिक सेन्टरका रुपमा विकास गर्ने उद्देश्य छ ।’

पूरानो बानेश्वर ओरालोमा रहेको फ्रन्टलाइनबाट व्यवस्थापनसँग कुरा नमिलेपछि डा. पाण्डे बाहिरिएका हुन् । फ्रन्टलाइनमा रहँदा डा. पाण्डे विहान ८ बजेदेखि १ बजेसम्म त्यहाँ रहन्थे । त्यसपछि उनी लाजिम्पाटस्थित अनमीवमा जान्थे । फ्रन्टलाइन छोडेसँगै उनी  अनमीव हस्पिटलमा पूर्णकालीन भएका छन् ।

डा. पाण्डे बाहिरिएसँगै १ असोजबाट फ्रन्टलाइन अस्पतालको नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’मा डा. योगेश न्यौपाने नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालका एशोसियट प्रोफेसर रहेका उनी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।

‘अस्पतालको सबै टिम मिलेर तयारी गरिरहेका छौं,’ डा. न्यौपानेले भने, ‘तिहारपछि गेयरअप गर्छौ ।’ उनले सेवा सुविधामा पनि नयाँपन ल्याउने हेल्थआवाजलाई जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ