२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति

केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति


काठमाडौं—काठमाडौं विश्वविद्यालयले स्कुल अफ मेडिकल साइन्सेजका लागि प्रोफेसर, एसोसियट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर र लेक्चर माग गरेको छ । बिहीबार विश्वविद्यालयले एक सूचना प्रकाशित उक्त पदहरुका लागि ३९ जना माग गरेको हो ।

विश्वविद्यालयले १० जना प्रोफेसरका लागि आवेदन माग गरेको छ । जसमा इन्टरनल मेडिसिन २ जना, अर्थोपेडिक्समा १ जना, पेडोडोन्टीस १ जना, मेडिकल टेक्नोलोजीमा १ जना, पब्लिक हेल्थमा १ जना, रेडियोलोजी/इमेजिङ टेक्नोलोजीमा १ जना, अप्थाल्मोलोजीमा १ जना, जनरल प्रायक्टिस १ जना र नर्सिङ विधाका लागि १ जना प्रोफेसर माग गरिएको हो ।

यसैगरी, सर्जरी १ जना, जनरल मेडिसिनमा १ जना, अप्थाल्मोलोजी १ जना, अर्थोपेडिक्समा १ जना, एनाटोमी १ जना, कम्युनिटी मेडिसिन १ जना, साइकोलोजीमा १ जना, अर्थोडोन्टीस १ जना र फिजियो थेरापीमा २ जना गरी १० जना एसोसियट प्रोफेसर माग गरेको छ ।

केयुले स्कुल अफ मेडिकल साइन्सेजका लागि विभिन्न विधाका १३ जना एसिस्टेन्ट प्रोफेसर र ६ जना लेक्चरको पदपूर्तिका लागि समेत आवेदन माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ