२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएस र बिडिएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित)

एमबीबीएस र बिडिएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित (रिजल्टसहित)


काठमाडौं—चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि लिइएको एमबीबीएस र बिडिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिहीबार साँझ आयोगले शैक्षिक सत्र २०८०/०८१ को भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

एमबीबीएसतर्फ ६ हजार ८ सय ३२ जनाले नाम निकालेका छन् । यसैगरी, बिडिएसतर्फ २ हजार ६ सय ८२ जनाले प्रवेश परीक्षा पास गरेका छन् ।

आयोगले एमबीबीएस र बिडिएस भर्नाका लागि १८ र १९ कात्तिकमा प्रवेश परीक्षा संचालन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ