२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम 

मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम 


काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । डा. ओम मूर्तिले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी आफूले विश्व रेकर्ड कायम गरेको जनाएका हुन् ।

विश्व मुटु दिवसको अवसरमा २९ सेप्टेम्बर २०२३ अर्थात् २०८० असोज १२ गते शुक्रवार साँझ उनले आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण (लाइभ)बाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने विषयमा उनले करिब आधा घण्टा लामो उक्त प्रस्तुति दिएका थिए ।उक्त लाइभ ११ हजार २१२ सय जना दर्शकले एकैपटक हेरेका थिए । भने ९ हजार जनाले शेयर गरेका थिए । त्यस क्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेको डा. ओम मूर्ति अनिलले बताए ।

उनले हाल लाइभबाट विश्व रेकर्ड राखेको प्रमाणपत्र समेत पाइसकेको पत्रकारसँग बताए । यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको उनी बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ