२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने

कान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने


काठमाडौं—बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले विश्व मधुमेह दिवसको अवसर पारेर एक महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने भएको छ । शुक्रबार अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरेर अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

उनले आँखाको मधुमेहको समेत महिनाभर निःशुल्क परीक्षण गरिने जानकारी दिए । ‘केडिसी अस्पतालले विश्व मधुमेह दिवस—२०२३ को अवसरमा मधुमेह महिना मनाइरहेका छौं,’ उनले भने, ‘अस्पतालले एक महिनासम्म मधुमेहको लागि निःशुल्क रगत परीक्षण र मधुमेहका बिरामीहरुलाई निःशुल्क आँखाको परीक्षण गरिरहेको छ ।’

अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्यांकअनुसार संसारका प्रत्येक १० मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा ३ प्रतिशत मृत्युको कारक मधुमेह हो ।अस्वस्थ खानपान तथा जीवनशैली, शारीरिक व्यायामको कमी आदिले गर्दा नेपालमा दिनानुदिन मधुमेहका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल प्राज्ञिक सेवातर्फ काठमाडौं विश्वविद्यालयको सम्वन्धनमा बिडिएस तथा एमडिएस कार्यक्रमहरुको साथै १०० शैय्याको जनरल अस्पताल संचालन गरिरहेको छ । उसले बिएम फाउण्डेसन तथा ताइवान प्रिभेन्ट ब्लाइन्डने फाउण्डेसनको सहकार्यका स्याङजाको चापाकोटमा आँखा उपचार केन्द्र संचार गरिहेको छ ।

कान्तिपुरले समय—समयमा देशका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर संचालन गरिरहेको बताउँदैं अध्यक्ष श्रेष्ठले यसबाट १० हजार बढी नेपाली स्वास्थ्य लाभ लिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ