२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेउसी भैलोबाट संकलित रकम क्यान्सर र मिर्गौला पीडितलाई सहयोग

देउसी भैलोबाट संकलित रकम क्यान्सर र मिर्गौला पीडितलाई सहयोग


चरिकोट—दोलखाको कालिञ्चोक गाउँपालिका—६ लापिलाङका क्यान्सर र मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । देउसी भैलोबाट उठेको रकमबाट क्यान्सर र मिर्गौला पीडितद्वय डम्बर थामी र कृष्णमाया थामीलाई सहयोग गरेका छन् ।

देउसी भैलो र व्यक्तिगत रुपमा पैसा उठाएर थामीद्वयलाई सहयोग गरिएको कालिञ्चोक गाउँपालिका—६ लापिलाङका वडाअध्यक्ष भरत पाण्डेले बताए । त्यस्तै काठमाडौंको सनसिटी पार्टी प्यालेसमा समेत देउसी भैलो खेलेर उठेको रकम पूर्ण पाण्डेको पहलमा संकलित रकम पनि उक्त थामीलाई नै सहयोग गरेका छन् ।

संकलित रकमबाट डम्बर थामीलाई ३३ हजार ४ सय र कृष्णमाया थामीलाई ३३ हजार ४ हजार रुपैयाँ प्रदान गरिएको वडाअध्यक्ष पाण्डेले बताए । दुवै जनालाई गरी ६६ हजार ८ सय रुपैयाँ वडाअध्यक्ष पाण्डेले हस्तान्तरण गरेका थिए ।

सहयोगी व्यक्तिहरुमा ध्रव तारा कार्की, दिपकप्रसाद रेग्मी, राकेश शिवाकोटी, रण बहादुर थामी, कमल थामी, गणेश शिवाकोटी, विष्णु बस्नेत, रमेश कुमार कार्की, बाबुकाजी शिवाकोटी, अर्जुन प्रसाद शिवाकोटी, सविना केसी पाण्डे, खड्ग प्रसाद शिवाकोटी, हरिबाबु अर्याल, रमेश पाण्डे, महल बहादुर आचार्य, संजीव पाण्डे, विवेक कुमार खड्का, चित्र कुमार खत्री, सरोज शिवाकोटी, उमेश शिवाकोटी, सुरेन्द्र खड्का, अर्जुन बुढाथोकी, रन्जन खड्का, ध्रुवराज शिवाकोटी, सरोज ठकुरी, सिताराम पाण्डे, टेकराज शिवाकोटी, तारा कुमार खड्का, पदम श्रेष्ठ, नर बहादुर श्रेष्ठ, विक्रम खड्का र भरत पाण्डे रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ