२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउर्लाबारी आगलागीमा परी घाइते भएकाको उपचारका लागि विदेशबाट चिकित्सकको टोली आउँदै  

उर्लाबारी आगलागीमा परी घाइते भएकाको उपचारका लागि विदेशबाट चिकित्सकको टोली आउँदै  


काठमाडौं– मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइतेको उपचारका लागि विदेशबाट चिकित्सकको टोली आउने भएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले विदेशका विभिन्न मुलुकबाट चिकित्सकको टोली आउन लागेको अस्पतालका प्लास्टिक सर्जरी डिपार्टमेन्ट प्रमुख डा.किरण नकर्मीले हेल्थ आवाजलाई बताए ।

डा. नकर्मीका अनुसार उनीहरूको उपचारका लागि केही दिन भित्रमै अमेरिका, क्यानडा, मेक्सिको लगायतबाट चिकित्सकको टोली आउने भएका हुन् । उनले भने–‘कुन देशबाट कति भन्ने ठ्याक्कै यकिन गरिएको छैन । तर विभिन्न देशबाट आठ÷दश जना विशेषज्ञ हप्ता हप्तामा आलोपालो गर्दै आउने कुरा भइरहेको छ ।’

 गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा २७ जना मानिसहरू घाइते भएका थिए । ती मध्ये २६ जनालाई उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो । अस्पतालमा हाल ८ जना आइसियुमा उपचाररत रहेको डा. नकर्मीले बताए । उनीहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई आइसियुमा राखी उपचार भइरहेको उनले बताए ।

त्यस्तै १८ जना घाइतेलाई वार्डमा राखिएको छ  । उनले भने ‘आगोमा जलेका बिरामी सबैको अवस्था गम्भीर नै हुन्छ । अहिले आइसियुमा भने आठ जना हुनुहुन्छ । वहाँहरूको अवस्था अन्यको भन्दा बढी गम्भीर छ । अरू सबै वार्डमा राखेर उपचार भइरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ