२०८० फागुन १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस

नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस


काठमाडौं– आज नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस । नेपालमा पनि यो दिवस दोस्रो विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ ।

ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वर्ल्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालमा भने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वि.सं. २०७९ मङ्सिर ६ गते अर्थात् सन् २०२२ नोभेम्बर २२ देखि विश्व अकुपञ्चर दिवस मनाउन सुरुवात गरेको हो ।  विभागले यस वर्ष पनि भव्यताकासाथ यो दिवस  मनाएको छ ।

अकुपञ्चर दुई वटा ल्याटिन शब्दहरू मिलेर बनेको छ ‘अकु’ अर्थात् ‘तिखो’ र ‘पंचर’ अर्थात् ‘घोचाइ’ । यस अर्थमा तिखो घोचाई नै अकुपञ्चरको सामान्य अर्थ हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखाका प्रमुख डा. पुनेश्वर केशरीका अनुसार नेपालमा अकुपञ्चरको प्रवेश २०२८ सालमा भएको पाइन्छ । नेपालमा पहिलो पटक आधिकारिक रुपमा अकुपञ्चर सुरु गर्नेमा डा. राममान श्रेष्ठ, डा भरत प्रधानको नाम आउने समेत उनी बताउँछन् ।

नेपालमा वि.सं २०३४ सालमा वीर अस्पतालमा अकुपञ्चर यूनिट स्थापना गरी पहिलो पटक सरकारी स्तरमा अकुपञ्चर सेवा दिन थालिएको हो । त्यसपछि नेपाल प्रहरी अस्पतालमा पनि केही समय अकुपञ्चर सेवा सञ्चालनमा आएको थियो  । तर उक्त अस्पतालमा हाल यो सेवा बन्द भएको डा. केशरी बताउँछन् ।

त्यसैगरी केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीमा  पनि वि.स. २०४१ सालमा अकुपञ्चर युनिट सेवा सुरु भएको बताउँदै डा. केशरीले हाल नेपालमा अकुपञ्चर चिकित्साको विभिन्न तहको जनशक्तिहरू रहेको र उनीहरुको परिचालनबाट यस क्षेत्रको प्रवर्द्धन हुनेमा आशा व्यक्त गरे ।

अकुपञ्चर युनिट सेवा हाल केही प्रदेश तह एवम् स्थानीय तहमा रहेका आयुर्वेद संस्थाहरुबाट पनि प्रदान हुँदै आएको छ । आगामी दिनमा  सात वटै प्रदेशमा स्थापना हुने १०० शय्याको आयुर्वेद तथा वैकल्पिक चिकित्साका अस्पतालहरूमा यस सेवाले  निरन्तरता पाउनुपर्ने उनले बताए  ।

अकुपञ्चर चिकित्सा धेरै रोगमा प्रयोग गर्न सकिने र सस्तो चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ३०० रोगहरू वा अवस्थाहरूमा यसको प्रयोग गर्न सकिन्छ ।  यसमा उपयोग हुने सामग्रीहरू सस्तो हुने र धेरै रोगहरूमा राम्रो परिणाम दिन सक्ने भएकोले नेपालमा यो उपचार विधि अत्यन्त फाइदा पुग्ने उनको भनाई छ ।

आयुर्वेद विभागलाई वि स २०७४ सालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रुपमा रूपान्तर गरी आयुर्वेद सहित अन्य वैकल्पिक चिकित्साका विद्याहरू अकुपञ्चर, होमियोप्यानिक, प्राकृतिक चिकित्सा तथा सोवा रिग्पा प्रवर्द्धन तथा विकासको लागि कार्य गर्न जिम्मेवारी दिइएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा मार्फत यी विद्याहरूको प्रवर्द्धन गर्न आवश्यक नीति, मापदण्ड, योजना बनाई कार्यान्वयन गर्न लागि परेको डा. केशरीको भनाई छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ