२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव

ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव

चिकित्सक, नर्स र पारामेडिक्सको दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला सरकारी अस्पतालहरुमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस अध्यापन गराउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत उक्त जानकारी दिएका हुन् ।

उनले स्वास्थ्य मन्त्रालयले निर्णय गरेर १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ तथा ३ सय शैय्याभन्दा माथिका सरकारी अस्पतालमा एमबीबीएस पढाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झासँग राखेको बताए ।

‘हामीले मन्त्रालयबाट निर्णय गरेर १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ पढाउने र ३ सयभन्दा माथि शैय्या भएकामा पारामेडिक्स, नर्सिङ र एमबीबीएस पढाउने प्रस्ताव प्रधानमन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई दिएका छौं,’ उनले भने । उनले शैय्या पुगेका अस्पताललाई के—के पढाउन सक्ने त्यसको माग गरिएको समेत जानकारी दिए ।

मन्त्री बस्नेतले सरकारी सेवामा २९ हजार नर्स, ५ हजार चिकित्सक र २२ हजार पारामेडिक्स चाहिने उल्लेख गरे । ‘२९ हजार नर्स, ५ हजार डाक्टर र २२ हजार पारामेडिक्स आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीसँग सल्लाह भएको छ ।’ उनले पालिकाहरुलाई एमडिजीपी छात्रवृत्ति पढाउनसमेत आग्रह गरिएको बताए ।

बस्नेतले ठूला इक्वीपमेन्ट नकिन्न समेत आग्रह गरे । ‘ठूला इक्वीपमेन्ट नकिनौं,’ उनले भने, ‘७ सय ५३ स्थानीय तहका लागि आवश्यक उपकरण किन्न लागेका छौं ।’ उनले आफूले ठूला उपकरण नकिन्न र किन्नैपर्ने भएमा पनि सस्तोमा किन्न आग्रह गरेको दावी गरे । ‘सस्तोमा किन्नुहोस्, मैले अरु केही भनेको छैन्,’ उनले थपे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ