२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभरतपुर क्यान्सर अस्पतालको आवास जिल्लाका प्रमुख नेताले दुरुपयोग गरेको रास्वपाको आरोप

भरतपुर क्यान्सर अस्पतालको आवास जिल्लाका प्रमुख नेताले दुरुपयोग गरेको रास्वपाको आरोप


काठमाडौं– चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सम्पत्तिमा चरम दुरुपयोग भएको पाइएको छ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक विज्ञप्ति जारी गर्दै देशकै प्रमुख पार्टीका केही जिल्ला प्रमुख र प्रदेश सांसदहरूले वीपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भित्रको सरकारी क्वाटरको अनाधिकृत रुपमा  प्रयोग गरेको आरोप लगाएको हो ।

पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारी सम्पत्तिमाथि चरम दुरुपयोग, लुट र अनियमितता भएको आरोप लगाएका हुन् ।

अस्पतालभित्रको सरकारी क्वाटरको अनाधिकृत तवरले प्रयोग हुनु ज्यादै लज्जास्पद रहेको भन्दै यस्तो विषयमा गम्भीर हुन र राज्य–सम्पत्ति माथिको दोहन तुरुन्त रोक्न सम्बन्धित व्यक्ति र निकाय समक्ष रास्वपाको माग रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ