२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’

वरिष्ठ न्यूरोलोजिष्ट डा. थापालाई ‘हिरोज् अफ द पब्लिक एवार्ड’


काठमाडौं—वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा ‘हिरोज् अफ त पब्लिक एवार्ड’बाट सम्मानित भएका छन् । रुपन्देहीस्थित रुपन्देही युवा क्लबले डा. थापालाई उक्त एवार्डबाट सम्मानित गरेको हो ।

डा. थापाले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष विशाल गुप्ताले जानकारी दिए ।

काठमाडौंको महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरका निर्देशकसमेत रहेका डा. थापाले साताको दुई दिन रुपन्देही भैरहवालाई दिने गरेका छन् । शुक्रबार र शनिबार थापाले भैरहवास्थित न्यूरो एण्ड एलाइड क्लिनिकमा न्यूरोका बिरामीको उपचार गर्दै आएका छन् । उनको उपस्थितिले न्यूरोबाट समस्यामा परेका बिरामीहरुले सहजै उपचार पाएका छन् ।

रुपन्देही क्लबले वर्षेनी समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई विभिन्न एवार्डबाट सम्मानित गर्दै आएका छ । यसपटक डा. थापासँगै समाजसेवी राजाप्रताप शाही, अमित गुप्ता, सिद्धार्थ नगरपालिका—४ का वडाध्यक्ष उज्ववल पोखरेललाई विभिन्न विधाबाट सम्मानित भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ