२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपभोक्तालाई किरा परेको पानी विक्री गर्ने उद्योग महानगरको फन्दामा 

उपभोक्तालाई किरा परेको पानी विक्री गर्ने उद्योग महानगरको फन्दामा 


काठमाडौं– काठमाडौं महानगरले उपभोक्तालाई किरा परेको खानेपानी विक्री गर्ने एक कम्पनीलाई जरिवाना गरेको छ । सोमबार महानगरले काठमाडौंको कागेश्वरी मनोहरा ६ मा रहेको ‘ए एण्ड बि वेभरेज इन्ड्रस्टिज’लाई एक लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानरका अनुसार अनुगमनका क्रममा उक्त कम्पनीबाट उपभोक्तालाई विक्री गरिने पानीको बोटल भित्र किरा भेटिएको थियो । अनुगमन पछि महानगरले उक्त उद्योगलाई समय समयमा ल्याब परीक्षण गरी  निर्मलीकरण गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ