२०८० फागुन १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए

७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए


काठमाडौं– नेपालमा स्वास्थ्य बिमा दायरामा आउने बिमितको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत मानिस स्वास्थ्य बिमामा जोडिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा ७१ लाख ७१ हजार ८४३ जनसंख्या स्वास्थ्य बिमामा आवद्ध भएको हो ।

यस अवधिमा स्वास्थ्य बिमामा आवद्ध हुने परिवारको संख्या ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।

विभागका अनुसार यस अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना व्यक्तिहरु स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् भने ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेर सेवा लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ