२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च

कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च

यी ८ कडा रोगका बिरामी कसले कति पाउनेछन् सहुलियत


काठमाडौं—सरकारले कडा रोगका बिरामीहरुको उपचारका लागि उपलब्ध गराउँदैं आएको सहुलियतलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधी उपचार निर्देशिका, २०८० जारी गरेको छ । ६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिक औषधी निर्देशिका, २०८० स्वीकृत गरेको हो ।

निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियालाई समेटिएको छ । निर्देशिकाअनुसार यी रोग भएका बिरामीको उपचारमा वडा कार्यलयको सिफारिसका आधारमा सरकारले सहुलियत रकम प्रदान गर्नेछ ।

तर, कडा रोग भएका बिरामीले उपचार गराउँदा सूचीकृत अस्पतालमा गराउनुपर्नेछ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा बढी ४ लाख रुपैयाँ सहुलियत प्रदान गर्नेछ ।

एक्युट किड्नी इन्जुरी, एक्यु गुल्मेरुलो नेफ्राइटीस र नेफ्रोटिक सिन्ड्रोम भएका र मिर्गौला प्रत्यारोपण पश्चात औषधी सेवन गरिरहेका बिरामीले १ लाख रुपैयाँ सहुलियत पाउनेछन् ।

यसैगरी, हप्ताको दुई सेसन र त्यो भन्दा बढी हेमोडाइलाइसिस गर्नुपर्ने बिरामीले प्रति सेसन २५ हजार रुपैयाँ, अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रति सेसन हेमोडाइलाइसिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलाइसिस प्रति प्याकेज ५ सय १ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिका छ ।

विपन्न नागरिक औषधी उपचार निर्देशिका, २०८० अनुसार विभिन्न प्रकारका मुटु रोगम, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ