२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित

नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित


काठमाडौं– आज डिसेम्बर १ तारिख अर्थात् विश्व एड्स दिवस ।  प्रत्येक वर्ष यस दिन विश्वभर एड्स दिवस मनाइँदै आएको छ । नेपालमा पनि विगत ३६ वर्षदेखि एड्स दिवस मनाउने गरिएको छ । यस वर्ष ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

नेपालमा एक वर्षमा चार सय ८८ जनामा एचआईभी सङ्क्रमण भएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा सन् २०२२ मा मात्रै ४४८ जना सङ्क्रमित भएका छन् । भने यसै वर्ष ३४४ जनाले एचआईभी सङ्क्रमणका कारण ज्यान गुमाएको अनुमान गरिएको छ ।

३६ वर्ष अघि अर्थात् सन् १९८८ मा नेपालमा पहिलो एचआईभी एड्स सङ्क्रमित फेला परेको थियो । अहिले नेपालमा दैनिक एक जना एचआईभी एड्स सङ्क्रमित हुने गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।  पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिहरूमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । केन्द्रमा सङ्कलन गरिएका तथ्याङ्क अनुसार यस वर्षमा ५२ जना बालबालिकामा एचआईभी सङ्क्रमण भएको अनुमान गरिएको केन्द्रले जनाएको छ ।

२०७९ मंसिरको अन्तिम सम्ममा नेपालमा २३ हजार २ सय ९३ जना अर्थात् ७८ प्रतिशत सङ्क्रमितहरूले एन्टीरेट्रोभाइरल (आरभी) उपचार लिइरहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

विश्वमा एचआईभी एड्सको अवस्था

विश्वमा सन् २०२२ को अन्त्य सम्म ८ करोड ५६ लाख व्यक्तिहरू एचआईभीबाट सङ्क्रमित भएका छन् । ग्लोबल एड्स अपडेटले तयार पारेको एक तथ्याङ्क अनुसार यस अवधिसम्ममा ४ करोड ४ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भइसकेको छ । यो तथ्याङ्क सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित रिपोर्ट भएदेखिको रहेको छ ।

विश्वमा हरेक दिन ३६०० मानिसहरू एचआईभी सङ्क्रमित हुने गरेको पाइएको छ । सन् २०२२ मा १ लाख ३० हजार बालबालिकाहरूमा नयाँ सङ्क्रमण भएको तथ्याङ्कमा उल्लेख छ । उक्त वर्ष मात्रै करिब ६ लाख ३० हजार व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको छ ।

सन् २०२२ मा १३ लाख नयाँ सङ्क्रमण भएको ग्लोबल एड्स अपडेटको अनुमान रहेको छ । जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले घटेको देखिन्छ । सन् १९९५ मा ३२ लाख नयाँ सङ्क्रमण थियो । सन् १९९० देखि २०२२ सम्ममा विश्वमा नयाँ एचआईभी संक्रमणको अवस्था र सन् २०२५ सम्ममा नयाँ सङ्क्रमण घटाउने लक्ष्य देखाईएको छ ।

एच आइ भी कसरी सर्दछ ?

– असुरक्षित यौन सम्पर्क राख्दा एचआईभी एड्स सङ्क्रमण जोखिम हुन्छ ।
– एक व्यक्तिले प्रयोग गरेका सुई तथा सिरिन्ज, ब्लेड, चक्कु, छुरा आदि निर्मलीकरण नगरीकनै अर्को व्यक्तिले प्रयोग गरेमा ।

–बिरामी हुँदा वा घाइते भई अस्पताल भर्ना हुँदा परीक्षण नगरिएको अर्को व्यक्तिको रगत तथा रगतजन्य पदार्थहरू लिएमा ।
–सङ्क्रमित महिलाबाट उनको शिशुमा निम्न अवस्थामा एच आइ भी सर्न सक्छ ।

बच्ने उपाय

– सुरक्षित यौन व्यवहार अपनाउने
– सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
– एचआइभी सङ्क्रमित महिला गर्भवती नहुने
– यौन रोगको लक्षण देखा परेमा तुरुन्त उपचार गर्ने र आफ्नो यौन साथीलाई पनि उपचार गराउने
– अङ्ग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई सङ्क्रमण भए÷नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
– रगत दिँदा सो रगत सङ्क्रमण भए नभएको पक्का गर्ने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ