२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन

सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन


काठमाडौं– शल्य चिकित्सकहरुको छाता संस्था सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन भएका छन् । सोसाइटीको १५ औं अन्तर्राष्ट्रिय सम्मेलनमा जारी अधिवेशनबाट डा. कंशाकार चयन भएका हुन् ।

१३ सदस्यीय नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षमा डा. सुनील कुमार शर्मा, वरिष्ठ उपाध्यक्ष डा. रोविन जोशी, उपाध्यक्ष डा. विकल घिमिरे रहेका छन् । यस्तै महासचिवमा डा. शैल रुपाखेती, कोषाध्यक्षमा डा. सुमिता प्रधान, सहसचिवमा डा. अनीप जोशी र सह-कोषाध्यक्षमा डा. रोशन घिमिरे चयन भएका छन्।

यसैगरी कार्यसमितिको सदस्यहरूमा डा. रुपेश मुखिया, डा. प्रनिल राई, डा. टंक प्रसाद बोहोरा, डा. सुशील ढुंगेल र डा. उत्सवमान प्रधान रहेका छन् ।

सन् १९९२ मा स्थापित एसएसएनमा अहिले ५८० भन्दा बढी शल्य चिकित्सक आबद्ध रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ