२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा

सोमबार अन्तर्वाता हुँदै 


काठमाडौं– चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिष्ट)मा परेको छ । आयोगमा रिक्त रहेको चार वटा निर्देशकको पदका लागि २० जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १२ जनाको नाम सर्ट लिष्टमा परेको हो।

सर्ट लिष्टमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्। अन्तरवार्ता मङ्सिर १८ गते सोमबार हुने भएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ