२०८० फागुन १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल

बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल


भरतपुर– बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गरिने भएको छ । चितवनमा आयोजित नेपाल फिजियोथेरापी संघको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री उत्तम जोशीले प्रदेशका सबै प्रादेशिक अस्पतालमा दरबन्दी थपका लागि पहल गरिने बताएका हुन् ।

मन्त्री जोशीले चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने भन्दै प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको बताए ।

अस्पतालहरूमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको भन्दै उनले सबै प्रादेशिक अस्पतालहरूमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ