२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पित्तथैलीको शल्यक्रिया

त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पित्तथैलीको शल्यक्रिया


काठमाडौं-प्रा.डा. गोविन्द केसीको पित्तथैलीको सफल शल्यक्रिया भएको छ । मंगलबार विहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको सफल शल्यक्रिया गरिएको हो ।

डा. केसीको पित्तथैलीको शल्यक्रिया कलेजो तथा ग्यास्टो सर्जन डा. रमेशसिंह भण्डारीले गरेका हुन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनले आफैले लामो समय प्राध्यापन गराएकै शिक्षण अस्पतालमा आफ्नो शल्यक्रिया गराएका हुन् ।

डा. केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि भन्दैं आन्दोलनरत छन् । उनले आफूसँग विगतमा सरकारले गरेको सम्झौताअनुसार माग पूरा नभएर २९ मंसिरबाट सत्याग्रहसहितको आन्दोलन गर्ने अल्टिमेटम सरकारलाई दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ