२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर

काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर


काठमाडौ–काठमाडौं महानगरपालिका भित्रका औषधी पसलहरुलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । मंगलबार महानगरको स्वास्थ्य विभागले सूचना जारी गर्दै औषधी पसल व्यवस्थित रुपमा संचालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

विभागले औषधी असल अभ्यास अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, फर्मासिस्टहरु दर्ता नभएको, नार्कोटिक औषधीको व्यवस्थित विवरण नराखेको, चिकित्सकको प्रेस्क्रीप्सन बिना नै औषधी बिक्री भइरहेको गुनासो आएको भन्दै सूचना जारी गरेको हो ।

महानगरले १० दिन भित्र सबै खालका व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ । १० दिन भित्रमा व्यवस्थापन नगरे स्थानीय सरकार संचालन ऐन र महानगरको जनस्वास्थ्य ऐनअनुसार औषधी पसल बन्द गर्नेसम्मको कार्वाही हुने जानकारी गराएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ