२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरू

वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरू


काठमाडौं—वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ । अस्पतालका निमित्त निर्देशक डा. श्रवणकुमार थापाकाअनुसार बुधबारबाट वीरको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत उक्त सेवा सुरु गरिएको हो ।

ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा हप्ताको दुई दिन आइतबार र बुधबार संचालन हुने उनले जानकारी दिए । उक्त सेवा विहान १० बजेदेखि १ बजेसम्म सर्जरी बहिरंग विभागमा संचालन हुनेछ ।

यस्तै, राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ , उक्त सेवा पनि साताको दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म संचालन हुनेछ । टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ