गृहपृष्ठ ∕ समाचार ∕ तेस्रो पटक पनि बाटोमै सुत्केरी ! तेस्रो पटक पनि बाटोमै सुत्केरी ! हेल्थ आवाज बुधबार, २०८० मंसीर २० गते, १६:१४ मा प्रकाशित काठमाडौं– बाजुरामा एक सुत्केरी महिलाले बाटोमै सन्तानलाई जन्म दिएकी छन् । बुढीनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिएकी हुन् । मङ्गलवार घाँस दाउरा गर्ने क्रममा जङ्गल पुगेकी पानसराले छोरीलाई जन्म दिएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । आफू आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा पानसराले बच्चा पाइरहेको अवस्थामा देखेपछि उनलाई स्वास्थ्य चौकी लगिएको उनले बताइन् । उनले भनिन्– ‘म आउँदै गर्दा पानरसा बाटोमै एक्लै बच्चा पाउँदै गरेको अवस्थामा थिइन् । अत्याधिक रक्तस्राव भएकोले बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको हो ।’ उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्मिएको उनले बताइन् । पानसरा मात्र नभई धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । बाजुरामा ४ वर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भ जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए । बाजुरामा तथ्याङ्क कुनै नभए पनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ७ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ TFN ट्रेण्डिङ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण