२०८३ असार ३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने


काठमाडौं—नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नेपालकै पहिलो फर्मा कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने भएको छ । बुधबार ओम मेगाश्रीको कार्यालय नयाँबानेश्वरमा ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र रोयल फर्मास्युटिकल्स प्रा.लि.का तर्फबाट अबिरल नेपालले प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई संस्थाबीच रोयल फर्मास्युटिकल्सको अध्ययनका गर्नका लागि दुवै कम्पनीको सिफारिसमा स्वतन्त्र समिति बनाएर डिडिए गर्ने र डिडिएपछि प्राप्ति सम्बन्धि प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । ‘सुरुमा इन्डिपेन्डेन्ट बडीले डिडिए गर्छ,’ ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष श्रेष्ठले भने, ‘स्ट्याण्डर्ड पारामिटरका आधारमा डिडिए सकेर उसले गर्ने सिफारिसका आधारमा प्राप्तिको प्रक्रिया अगाडि बढ्छ ।’

अर्को सेगमेन्टमा जान दुवै फर्मास्युटिकल्सलाई नयाँ प्लान्ट लगाउनुपर्ने बाध्यता छ । तर, रोयलको प्राप्तिपछि ओम मेगाश्रीलाई अर्को सेगमेन्ट सुरु गर्न सहज हुनेछ ।

‘नेपाली फर्मा क्षेत्रका लागि यो ऐतिहासिक कदम हो । यसले अन्य फर्मा कम्पनीहरुलाई पनि सकारात्मक सन्देश दिन्छ,’ श्रेष्ठले भने, ‘नम्बर अफ फर्म कम हुनुपर्छ, नम्बर अफ प्रडक्ट बढाएर नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनेतर्फ यो कदम एक कोसेढुंगा हो ।’ उनले आफूहरुले गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखेर स्वदेशी फर्मा उधोगलाई नयाँ उचाइँमा लैजान चाहेको समेत बताए ।

यसअघि २ असारमा बसेको ओम मेगाश्री फर्मास्युटिकल्सको सञ्चालक समिति बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने निर्णय गरेको थियो । कम्पनीको प्राप्तिपछि उत्पादन क्षमता विस्तार, बजार पहुँच वृद्धि तथा औषधि व्यवसायमा प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने अपेक्षा ओम मेगाश्रीको छ ।

रोयल फर्मास्युटिकल्स प्रा.लि. सन् २०१७ मा स्थापना भएको फर्मास्युटिकल्स कम्पनी हो । सन् २०१७ बाट आफ्ना प्रडक्टहरु बजारमा ल्याउन थालेको रोयलका हाल ८२ वटा उत्पादन बजारमा छन् । डब्लूएचओ जीएमपी सर्टिफाइड रोयलको चितवनमा बेल्चोकमा फ्याक्टी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ