२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’

प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ संक्रमणको जोखिम बढेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्बर्स अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ओलीले दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना तीब्र रुपमा फैलिरहेकाले अहिले नै सावधानी नपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउने बताए ।

‘कोभिड—१९ विरुद्ध सावधानी अपनाएनौं भने बाध्य भएरै ठप्प पार्नपर्ने स्थिति आउन सक्छ,’ प्रधानमन्त्री जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै भने, ‘हामी अहिलेदेखि सावधान हुनुपर्छ । दुरी कायम गर्ने, मास्क लगाउने । हामी किञ्चित पनि काभिड–१९ लाई अवसर नदिऔं ।’

प्रधानमन्त्री आफूले पटक—पटक हात धुन जोड दिएको पनि उल्लेख गरे । ‘मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हातमुख साबुन पानीले राम्रोसँग धोऔं,’ उनले भने ।

ओलीले तातोपानी खाने, बाफ लिने कुरामा पनि जोड दिए । ‘अलिकति धारामा तातोपानी आउँछ, तातोपानीले नाक सफा गरौं,’ उनले भने, ‘पहिले गएर कोरोना नाकमा बस्ने हो, त्यहाँबाट फालिदिएपछि चट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ । अम्बाका दुईवटा पात उमाल्दिउँ, बेसरी गालगुल गरिदिउँ । घाँटीमा बसेको चट । स्टिम लिइदिउँ फोक्सोबाट चट । त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’

प्रधानमन्त्रीले हन्ड्रेड पर्सेन्ट सुरक्षित भ्याक्सिनले पनि पनि गर्न नसक्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अहिले देश कोभिड—१९ ले आक्रान्त रहेको बताउँदैं सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको बताए । तर पनि सरकारको आलोचना भएको भन्दैं प्रधानमन्त्री भने, ‘निःशुल्क खोप लगातार चलाइएको छ । तर, पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ । कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेटनु परेन ? प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ