२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा जोशी

जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा जोशी


काठमाडौं—डा. सुनिलकुमार जोशीको नेतृत्वमा जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार २०८०/८२ को कार्यकालका लागि डा. जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा डा. नास्तु शर्मा, महासचिवमा गुणनिधी शर्मा निर्विरोध भएका छन् । यसैगरी, कोषाध्यक्षमा डा. मुरारीमान श्रेष्ठ, सहसचिवमा डा. गजानन्द भण्डारी चयन भएका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा डा. भिमसिंह तिंकरी, डा. चुमनलाल दास, डा. आशा पुन, डा. दुर्गा भण्डारी र डा. अनुज भट्टचन निर्वाचित भएका छन् ।

कार्यसमितिमा निवर्तमान अध्यक्षका रुपमा डा. नरेशप्रताप केसी रहेका छन् । नयाँ कार्यसमितिले नेपालको स्वास्थ्य प्रणाली सुधारमा नेपाल सरकारलाई आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ