२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीमा प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना

विपीमा प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना


धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल विश्लेषण प्रयोगशाला (3D Gait Analysis Lab) स्थापना भएको छ । स्वीट्जरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलको सहयोगमा विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागअन्तर्गत उक्त ल्याब स्थापना भएको प्रतिष्ठानकी प्रवक्ता डा.अन्जु प्रधानले जनकारी दिइन् ।

जेनेभा युनिभर्सिटी हस्पिटलबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना गर्न सहयोग गर्नुका साथै एवं जनशक्तिलाई सो सम्बन्धी तालिम प्रदान गरेका थिए । उक्त टोलीमा बाल हाडजोर्नी विशेषज्ञ डा.जेराल्डो डिकुलन, प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए ।

कतिपय मानिसहरुको सेरेबल पाल्सीका कारण, विभिन्न शल्यक्रियाका कारण वा अन्य हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाइको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मानिसहरुको हिडाइ वा चाल ठिक गर्न ल्याबले मद्दत पु¥याउने छ ।

ल्याबभित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ । यस्ता बिरामीहरुको उपचारमा बिरामीलाई हिड्न लगाएर सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरु लिई उच्च प्रविधिको कम्प्युटरद्वारा सो भिडियो तथा ग्राफिक्सहरुको विश्लेषण गरी समस्याको पहिचान गर्ने गरिन्छ । यसबाट विशेषज्ञहरुलाई बिरामी उपचारमा मद्दत पुग्दछ ।

विपीको हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसरद्वय डा.आशिष पाण्डे, डा.अमित लिम्बू र अर्थोटिष्ट्/प्रोस्थेटिष्ट अमन श्रेष्ठ र फिजियोथेरापिष्ट मुजाहिद हुसैनले उक्त ल्याब सम्बन्धि तालिम लिएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ