२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वीकृत दरबन्दीबाहेकका स्वास्थ्यकर्मीको विवरण पठाउन पालिकालाई स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वीकृत दरबन्दीबाहेकका स्वास्थ्यकर्मीको विवरण पठाउन पालिकालाई स्वास्थ्य मन्त्रालयको परिपत्र


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ५३ वटै पालिकालाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ ।

सोमबार मन्त्रालय स्तरीय निर्णय गर्दै दरबन्दीबाहेक समायोजन मिलान, समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेको हो ।

दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ ।

‘तहाँ महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेका स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको लागि यस आ.ब.को साउनदेखि आगामी असार मसान्तसम्मको लागि थप तलब माग भई आएको हुँदा उल्लेखित स्वीकृत स्थायी दरबन्दीबाहेकका कर्मचारीको तपसिलको ढाँचामा ७ दिनभित्र विवरण उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको २०८०।०८।२५ को निर्णय अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ‘तोकिएको समयमा विवरण उपलब्ध नभएमा यस आको तलव भत्ता निकासा गर्न नसकिने व्यहोरा समेत निर्णयानुसार अनुरोध छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ