२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्साशास्त्र अध्ययन संस्थानले माग्यो २८ जना उप-प्राध्यापक

चिकित्साशास्त्र अध्ययन संस्थानले माग्यो २८ जना उप-प्राध्यापक


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)ले विभिन्न विधाका २८ जना उप—प्राध्यापक माग गरेको छ । मंगलबार आईओएमअन्तर्गतको महाराजगन्ज चिकित्सा क्याम्पसले एक सूचना प्रकाशित गर्दै चिकित्साशास्त्रका विभिन्न विधाका २८ जना उप—प्राध्यापक माग गरेको हो ।

नाक, कान, घाँटी, अप्थाल्मोलोजी, माइक्रोबायोलोजी, क्रिटिकल केयर मेडिसिन, अर्थोपेडिक्स, कार्डियोभास्कुलर सर्जरी, युरो सर्जरीमा २÷२ जना उप प्राध्यापक माग गरिएको छ भने अन्य १४ विधामा एक—एक जना उपप्राध्यापक माग गरिएको छ ।

महाराजगन्ज चिकित्सा क्याम्पसले १ वर्ष करार सेवाका लागि आवेदन माग गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ