२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअझै ४६ प्रतिशत नेपाली स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच बाहिर

अझै ४६ प्रतिशत नेपाली स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच बाहिर


काठमाडौं–स्वास्थ्य सेवामा जनताको पहुँचको विषयमा गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले अझै पनि ४६ प्रतिशत नेपाली स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर नै रहेको देखाएको छ । सन् २०२३ को ग्लोबल मोनिटरिङ रिपोर्टले सन् २०२१ सम्ममा ५४ प्रतिशत नेपालीमात्र स्वास्थ्यको सर्वव्यापी पहुँचमा रहेको देखाएको हो ।

सो रिपोर्टले विश्वभर ६८ प्रतिशत सर्वव्यापी पहुँचमा रहेकोमा दक्षिण पूर्वी एसियाका देशका ६२ प्रतिशत जनता पहुँचको सूचकांकमा देखाएको छ । अध्ययन दिगो विकास लक्ष्य प्राप्तिका सूचकांकलाई आधार मानेर अध्ययन गरेको थियो । जसमा मातृ शिशु प्रजनन, नवजात शिशु, बालबालिका र किशोर—किशोरी स्वास्थ्य, सरुवा रोगको अवस्था, नसर्ने रोगको अवस्था र स्वास्थ्य सेवाको क्षमता र सहजतालाई हेरेको छ ।

सो अध्ययनमा नेपालले मातृशिशु प्रजनन, नवजात शिशु, बालबालिका र किशोर—किशोरी स्वास्थ्यको क्षेत्रमा भने अन्तराष्ट्रिय क्षेत्रको भन्दा राम्रो गरेको देखाएको छ । जसमा ७८ प्रतिशत नेपालीले सेवा पाएको उल्लेख छ । अन्तर्राष्ट्रिय तथ्यांकमा यो ७५ प्रतिशत र दक्षिण पूर्वी एसियामा ६९ प्रतिशत रहेको छ ।

नेपालको सबैभन्दा कमजोर अवस्था सेवाको क्षमता र पर्याप्ततामा रहेको देखाएको छ । जसमा ३७ प्रतिशतमात्र सेवा प्रवाह गर्ने क्षमता र पर्याप्तता देखाएको छ । जबकी यो सूचकांकमा अन्तर्राष्ट्रिय स्तरमा ७१ प्रतिशत र दक्षिण पूर्वी एसियामा ६२ प्रतिशत छ ।

दिगो विकास लक्ष्यमा स्वास्थ्यका सूचकांक पूरा हुनेमा पनि सो अध्ययनले आशंका जन्माएको छ । सन् २०३० सम्ममा लक्ष्य प्राप्त गर्नुपर्ने सूचकांकहरु पूरा गर्न धेरै कडा मेहनत गर्नुपर्ने देखिन्छ । समग्र एसडिजी सूचकांकमा ५४ प्रतिशत नागरिक मात्र पहुँचमा रहेको देखाएको छ ।

यस वर्ष स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको नारा ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौं’ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ