२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं विश्वविद्यालयले १००० शैय्याको शिक्षण अस्पताल बनाउने

काठमाडौं विश्वविद्यालयले १००० शैय्याको शिक्षण अस्पताल बनाउने

स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न लाग्नु सह्रानीय : प्रधानमन्त्री


धुलिखेल—काठमाडौं विश्वविद्यालय (केयु)ले एक हजार शैय्याको आफ्नै शिक्षण अस्पताल बनाउने भएको छ । मंगलबार आयोजित केयुको २९ औं दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति थापाले केयुले एक हजार शैय्याको मल्टीस्पेसियालिटी शिक्षण अस्पताल बनाउने जानकारी दिएका हुन् ।

केयुले यसअघि धुलिखेल सामुदायिक अस्पताललाई आफ्नै शिक्षण अस्पतालका रुपमा प्रयोग गर्दै आएको थियो । तर, केयु र धुलिखेल व्यवस्थापनबीचको द्वन्द्वका कारण सन् १९९५ मा ५० वर्षका लागि भएको उक्त सम्झौता तोडिने अवस्थामा पुगेको छ ।

धुलिखेल सामुदायिक अस्पतालले आफूलाई छुट्टै सामुदायिक विश्वविद्यालयका रुपमा विकास गर्नका लागि बागमती प्रदेश सरकारमा आवेदन दिइसकेको छ । जसका कारण केयुलाई आफ्नै छुट्टै शिक्षण अस्पताल बनाउनुपर्ने बाध्यता आइलागेको थियो ।

धुलिखेलको तयारीलाई मध्यनजर गर्दै केयुले चौकोटमा आफ्नै अस्पताल संचालनमा ल्याइसकेको छ । थापाले दीक्षान्त समारोहमा गरेको १ हजार शैय्याको शिक्षण अस्पताल बनाउने घोषणाको प्रधानमन्त्री पुष्पकमल दाहालले प्रशंशा गरे । उनले सरकारका तर्फबाट उक्त शिक्षण अस्पताल निर्माणका लागि सहयोग गर्ने आश्वासनसमेत दिए ।

‘अझ पछिल्लो समय काठमाडौं विश्वविद्यालयले एक हजार शैयाको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुसी लागेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘काठमाडौं विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु ।’

प्रधानमन्त्रीले स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय भएको बताउँदैं यो शुभकार्यका लागि अग्रिम शुभकामनासमेत दिए ।

दाहालले अगाडि थपे, ‘विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु । म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौं विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु ।’

बुधबार विश्‍वविद्यालयका १ हजार ८३८ विद्यार्थी दीक्षित भएका छन्। काठमाडौं विश्वविद्यालयमा स्वदेशीसँगै विदेशी विद्यार्थीहरुको पनि आकर्षण रहँदैं आएको छ ।

यो पनि पढ्नुस् 

२८ वर्षपछि काठमाडौं युनिभर्सिटी र धुलिखेल अस्पताल अलग हुने तयारीमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ