२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश

डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश


काठमाडौं—सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई मन्त्रालयमा हाजिर गराउने निर्णयमा कारण देखाउ आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीस हरि फुयाँलको एकल इजलासले डा. पौडेलको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि भने छलफलका लागि बोलाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार २ वर्षलाई समय तोकेर नियुक्ति पाएको हुँदा हटाउन नमिल्ने भन्दै डा. पौडेल सर्वोच्च अदालत गएका थिए ।

डा. पौडेलको तर्फबाट अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, डा. राजेन्द्र घिमिरे, शेरबहादुर केसी र सतिश शर्माले बहस गरेका थिए ।

विपक्षीको तर्फबाट रामनारायण बिडारी, हरिहर दाहाल, मुकुन्द न्यौपाने र तप रावललाई बहस गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ