२०८० फागुन १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित

काठमाडौं महानगरद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित


काठमाडौं—वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाले २९ औं वार्षिकोत्सवको अवसरमा डा. रुइतलगायतलाई १ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको हो ।

सम्मानित भएका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र हस्तान्तरण गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले भने चेक हस्तान्तरण गरेकी थिइन् ।

नेपालका वैश्विक ब्राण्डका रुपमा चिनिएका डा. रुइतले मोतियाविन्दुको उपचारका संसारकै सस्तो प्रविधि भित्र्याएका हुन् । तिलगंगा आँखा प्रतिष्ठान स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनी अहिले संसारभर पुगेर आँखा नदेख्ने बिरामीहरुको उपचार गरिररहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ