२०८० फागुन १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोषलाई कान्तिमा लखेटियो

स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोषलाई कान्तिमा लखेटियो


काठमाडौं—वीर अस्पतालको निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालय तानिएका डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. पौडेललाई केही दिनअघि वीर अस्पतालको निर्देशकबाट नियम विपरित हटाएका थिए ।

त्यस विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले बिहीबार सरकारका नाममा कारण देखाउ आदेश दिएको छ ।

कारण देखाउ आदेश दिएको भोलिपल्टै मन्त्रालयबाट डा. पौडेललाई कान्ति बाल अस्पताल पठाइएको हो । वीरमा दरबन्दी रहेका उनलाई बस्नेतले राजनीतिक पूर्वाग्रहका आधारमा कान्ति लखेटेका हुन् ।

शुक्रबार स्वास्थ्य मन्त्री बस्नेतको डा. पौडेललाई कान्तिमा सरुवा गर्ने निर्णयमा स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईंले हस्ताक्षर गर्न मानिन् ।

त्यसपछि विमानस्थलमा रहेका स्वास्थ्यतर्फका सचिव डा. रोशन पोखरेललाई बोलाएर उक्त निर्णयमा हस्ताक्षर गर्न लगाइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ