२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडे

डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडे


धनगढी—चिकित्सा शिक्षा सुधारका लागि भन्दैं अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । सोमबार उनले धनगढी उपमहानरपालिका—१ की अञ्जली नेपाली र वडा नंं. ७ रेनुका चौधरीको हातबाट जुस पिएर ७२ घण्टापछि अनसन तोडेका हुन् ।

डा. केसी गत शुक्रबार साँझदेखि धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका थिए । अनसनकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएका डा. केसी अनसन तोडेलगतै सेती प्रादेशिक अस्पतालमा भर्ना हुने बताइएको छ ।

गत शुक्रबार नै उनले काठमाडौंको पत्रकार सम्मेलन गरेर आफू तीन दिन अनसन बस्ने घोषणा गरेका थिए ।

उनले देशमा दण्डहीनता मौलाएको भन्दैं सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र वेपत्ता परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यान प्रक्रिया शीघ्र टुंग्याउन माग गरेका थिए ।

यस्तै, डा. केसीले आफूसँग यसअघि भएका सम्झौता कार्यन्वयन गर्न माग गरेका थिए। उनले सरकारी अस्प्तालमा दरबन्दी थप गरेर क्षमता बढाउन र सबै निःशुल्क औषधी पाइने सुनिश्चित गर्नसमेत माग गरेका थिए।

डा. केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउन, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पु¥याउन, इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न, १०० शैय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालमा नर्सिङलगायतका अन्य स्वास्थ्य सम्बन्धि विषयका कार्यक्रम सुरु गर्न माग गरेका थिए ।

डा. केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहितको कानुनी व्यवस्था गर्न, ऐन जारी नहुँदासम्म मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्त गर्न, एकीकृत प्रतिष्ठान ऐन जारी गर्नुपर्नेलगायतमा माग पनि राखेका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ