२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशयी हुन् कर्णालीका ११ नमुना कार्यलय, प्रदेशकै सर्वोत्कृष्ट बन्यो पशु अस्पताल मुगु

यी हुन् कर्णालीका ११ नमुना कार्यलय, प्रदेशकै सर्वोत्कृष्ट बन्यो पशु अस्पताल मुगु


जुम्ला—कर्णाली प्रदेश सरकारले एक सर्वाेत्कृष्ट नमुना र ११ नमुना कार्यालय घोषणा गरेको छ । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले १० माघमा पुस्स्कृत हुने सर्वाेत्कृष्ट र नमुना कार्यालय घोषणा गरेको हो ।

सर्वाेत्कृष्ट नमुना कार्यालयमा पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु रहेको छ । डोल्पा स्वास्थ्य सेवासहित कर्णालीका ११ नमुना कार्यालय घोषित गरेको हो ।

नमुना स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. रत्नवीर सुनार भन्छन्, ‘डोल्पा देशकै विकट र भौगोलिक रुपमा अप्ठ्यारो जिल्ला हो । यो जिल्लामा ३ वटा पालिकामा मात्र यातायात सुचारु छ । त्यसैले सबै ठाउँमा सहज स्वास्थ्य सेवा दिन एकदम चुनौती छ ।’

उनले घुम्ती शिविरद्वारा विभिन्न पालिकामा स्वास्थ्य सेवा दिने गरेका जानकारी दिए । एउटामात्रै जिल्ला अस्पतालमा ५ जना मेडिकल अधिकृत, एउटा डेन्टल डाक्टर र एक जना एमडिजिपी डाक्टर छन् । जसमध्ये एडिजिपी र एक जना मेडिकल अधिकृतबाहेक सबै करारको जनशक्तिका आधारमा जिल्ला अस्पताल संचालनमा छ ।

अन्य नमुना कार्यालयमा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिम, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेत, डिभिजन वन कार्यालय कालिकोट र पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु रहेका छन् ।

यस्तै, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोट, प्रदेश लेखा इकाई दैलेख, स्वास्थ्य सेवा कार्यालय सल्यान र डिभिजन वन कार्यालय हुम्ला,  प्रदेश लोकसेवा आयोग नमुना कार्यालयमा परेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ