२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्रोत साधन अभावमा हुँदा बिरामी रेफर गर्नुपर्ने बाध्यतामा हुम्ला अस्पताल

स्रोत साधन अभावमा हुँदा बिरामी रेफर गर्नुपर्ने बाध्यतामा हुम्ला अस्पताल


जुम्ला—खार्पुनाथ गाउँपालिका–५ स्थित डाँडाबाडा याङचुकी ३९ वर्षीया लक्ष्मी सिंह आगलागीबाट गम्भीर घाइते भइन् । जिल्लामा अस्पताल हुम्लामा भर्ना भएको एक सातासम्ममा पर्याप्त स्रोत साधनको अभावले उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर रेफर गरियो ।

घाइतेको अवस्था जटिल र जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधनको अभावले जिल्ला बाहिर रेफर गर्नु परेको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताइन् ।

घरदेखि आधा घण्टा दूरीको पूर्वस्थित घाँसे मेलामा २५ माघ दिउँसो आगो निभाउने क्रममा सिंहको अनुहार र दुवै हात खुट्टामा आगोले पोलेर घाइते भइन् । सोही दिन खार्पुनाथ गाउँपालिका स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, घाइतेको त्यहाँ पनि उपचार हुन नसकेपछि २६ माघमा जिल्ला अस्पतालमा रेफर गरिएको थियो ।

जिल्ला अस्पतालमा एक हप्ता राखेर उपचार गरेपनि स्वाथ्यमा सुधार नआएपछि थप उपचारका लागि १ फागुनमा जिल्ला बाहिर रेफर गरेको घाइतेका पति मकर सिंहले बताए । अस्पतालमै पर्याप्त स्रोत साधन भएको भए जिल्ला बाहिर लिनु नपर्ने उनले गुनासो गरे ।

‘घरको आर्थिक अवस्था निकै कमजोर छ । बिरामी बेडमा छट्पटाइरहेको छ,’ उनले भने । जिल्ला बाहिर लिँदा हवाई भाडासमेत नभएकाले सुर्खेतस्थित प्रादेशिक अस्पताल काला गाउँमा कसरी लैजाने भन्दै समस्यामा परेको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ