२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ अदालतबाट सफाइ पाएका विपी प्रतिष्ठानका उपकुलपति डा. गिरी काममा फर्किए

अदालतबाट सफाइ पाएका विपी प्रतिष्ठानका उपकुलपति डा. गिरी काममा फर्किए


काठमाडौं—विशेष अदालतबाट सफाइ पाएका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी काममा फर्किएका छन् । बिहीबार डा. गिरी धरानस्थित प्रतिष्ठान पुगेर कार्यभार सम्हालेको प्रतिष्ठानका सह—प्रवक्ता डा.अरुणकुमार सिंहले जानकारी दिए ।

बुधबार विशेष अदालतले प्राध्यापक पदवीबारेको मुद्धामा उनलाई सफाइ दिएको थियो । डा. गिरी कार्यभार सम्हाल्दैं गर्दा प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरुलगायत विद्यार्थीहरुले स्वागत गरेको प्रवक्ता सिंहले बताए ।

यसअघि कामु उपकुलपतिको जिम्मेवारी सम्हालेका प्रा.डा. प्रल्हाद कार्कीले एक विज्ञप्तीमार्फत ८ महिनासम्म आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनले विशेष अदालतबाट सफाई पाएर उपकुलपति पदमा पुनः स्थापित भएका डा. गिरीलाई बधाई र शुभकामनासमेत दिएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ