२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कांग्रेस मन्त्रीहरु कर्णाली सरकारबाट बाहिरिए, सामाजिक विकास मन्त्रीद्वारा राजीनामा

कांग्रेस मन्त्रीहरु कर्णाली सरकारबाट बाहिरिए, सामाजिक विकास मन्त्रीद्वारा राजीनामा


काठमाडौं—कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनीसहित नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री वेदराज सिंह, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन् ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारहरुमा पनि त्यसको प्रभाव देखिन थालेको छ । कर्णाली सरकारमा सहभागी कांग्रेस मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले माओवादी केन्द्रका दुई मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । उनले सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ