२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुको विकट कालै गाउँमा प्रसुती गृह निर्माण

मुगुको विकट कालै गाउँमा प्रसुती गृह निर्माण


जुम्ला—मुगु जिल्लाको उत्तरी भेग विकट सोरु गाउँपालिका–९ कालै गाउँमा प्रसुती गृह निर्माण भएको छ ।

ब्याक्टु लाइभ इबी जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वयमा गाउँमै ५३ लाख १० हजार रुपैयाँ लागतमा दुई तले ४ कोठाको पक्की प्रसुती गृह भवन निर्माण भएको हो ।

भवनसँगै प्रसुती गृहमा गर्भवती चेकजाँचका लागि सामग्री, बेड, सुत्केरी गराउने प्रयोग हुने सामग्री उपकरणसमेत व्यवस्थापन गरिएको छ ।

गाउमै पक्की प्रसुती गृह निर्माण भएपछि सहज भएको कालै गाउँका भक्तिप्रसाद चौलागाईंले बताए । ‘गाउँका गर्भवति महिलालाई गोठमा सुत्केरी हुनु पर्ने बाध्यता थियो,’ उनले भने, ‘अब यो बाध्यता अन्त्य भएको छ ।’

पहिला पूरानो जीर्ण र साँघुरो भवनबाट प्रसुती सेवा दिन निकै असजिलो असुरक्षित थियो । अब नयाँ भवन बनेपछि सुत्केरीलाई सेवा लिन सजिलो हुने भएको प्रसुती गृहका इञ्चार्ज कमला रावतले बताइन् ।

माथि कालै र तल्लो कालै दुई गाउँ गरी करिब ३५० घरधुरीका गर्भवती महिलाहरूले सेवा लिनेछन् । महिनामा ४ देखि ७ जनासम्म सुत्केरी हुन आउने रावतले बताइन् । ‘अन्य एएनसी र पीएनसी चेकजाँच सेवा लिन आउने १०÷११ जना रहेका छन्,’ उनले भनिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ