गृहपृष्ठ ∕ समाचार ∕ पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली हेल्थ आवाज सोमबार, २०८१ भदौ ३१ गते, १७:३० मा प्रकाशित काठमाडौं—पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेब शोभा उप्रेतीको शैक्षिक पत्र नक्कली पाइएको अख्तियारले जनाएको छ । पोखरा—३२ मालेपाटनस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत शोभाको एसएलसीको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । छानविनका क्रममा एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर उनले उक्त स्वास्थ्य केन्द्रमा नियुक्ति लिएको पाइएको अख्तियारले जनाएको छ । शोभाले मालेपाटनस्थित स्वास्थ्य केन्द्रमा वि.सं. २०६८ सालबाट करारमा अहेब पदमा जागिर सुरु गरेकी थिइन् । उनले वि.सं. २०७८ सालसम्म उक्त शहरी स्वास्थ्य केन्द्रमा जागिर खाएकी थिइन् । नक्कली र झुटा प्रमाणपत्र पेश गरेर वि.सं. २०६८ सालदेखि वि.सं. २०७८ सालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको भन्दैं अख्तियारले साविकको भ्रष्टाचार निवारण बिगो तथा कारवाही माग दावी गर्दै सोमबार मुद्धा दायर गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ५ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि नेपालमा प्रभावकारी खोप ब्यवस्थापन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय योग के हो ? यसका प्रकार र फाइदा एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि नेपालमा प्रभावकारी खोप ब्यवस्थापन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने क्याबिनेटको निर्णय योग के हो ? यसका प्रकार र फाइदा एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन