गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार हेल्थ आवाज बुधवार, २०८१ चैत्र २० गते, १७:३७ मा प्रकाशित काठमाडौं—डा. संगीता मिश्राले स्वास्थ्य सचिव नियुक्ति विषयलाई लिएर हालेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीसद्वय डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि उनको रिटमा कारण देखाउ आदेश र निर्णय फाइल झिकाउने आदेश भएको थियो । तर, बुधबार शर्मा र ढुंगानाको इजलासले अन्तरिम आदेश नदिएसँगै सरकारको निर्णय यथावत हुने भएको छ । २१ फागुनमा मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो । १ चैतमा डा. मिश्रा आफू वरियतामा र सिफारिसमा अगाडि रहेको भएपनि सरकारले अन्यायपूर्ण तवरले स्वास्थ्य सचिव नियुक्त गरेकाले उक्त निर्णय कार्यन्वयन नगर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्च गएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ