२०८२ वैशाख २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल

नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल


काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको स्वास्थ्य सेवा विश्वसनीय र प्रभावकारी रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको २३ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति पौडेलले नेपालको स्वास्थ्य सेवा स्तरीय भएको आफैंले अनुभव लिएको बताएका हुन् ।

‘देशमै दक्ष विशेषज्ञ चिकित्सक उत्पादन हुनु खुसीको कुरा हो,’ उनले भने, ‘नेपालको स्वास्थ्य सेवा स्तरीय हुन थालेको म आफैले अनुभव गरेको छु ।’

राष्ट्रपति पौडेल बिरामी भएको बेला त्रिवि शिक्षण अस्पताल, मनोमोहन काडियोथोरासिस एण्ड भास्कुलर सेन्टर र गंगालाल हृदयरोग केन्द्रमा उपचार गराएका थिए । उनको मुटुको चाल नियन्त्रण गर्न मनोमोहनमा पेस मेकर राखिएको थियो ।

राष्ट्रपति पौडेलले न्याम्सको मुख्य अस्पताल वीर अस्पतालमा ९६० शैयामा विस्तार हुनु, सबै किसिमको विशिष्टीकृत सेवा प्रदान हुनु सुखद पक्ष रहेको बताए । उनले आगामी दिनमा सेवाको दायरा बढाएर गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा दिनेमा आफु विश्वस्त रहेको समेत बताए । ‘प्रतिष्ठानले आम नागरिकलाई गुणस्तरीय सेवा दिन महत्वपुर्ण काम गर्दै आएको छ,’ उनले भने, ‘यो सेवा आगामी दिनमा अझै बढ्ने विश्वास गरेको छु ।’

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले अवसर नपाएको गुनासाे आउने गरेको पनि बताए । जसको परिणाम चिकित्सकहरु विदेशिनु नराम्रो गम्भिर भएको हुँदा यसलाई रोक्न सम्बद्ध निकायले कदम चाल्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा न्याम्सको सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदिप पौडेल न्याम्स वीर अस्पतालको जगमा उभिएको बताए । उनले केही वर्षपछि न्याम्स नेपालमा सबैभन्दा बढी जनशक्ती उत्पादन गर्ने केन्द्रको रुपमा स्थापित हुने दाबी गरे ।

अहिले देशमा जनशक्ति कम नभएको तर तिनलाई टिक्ने र टिकाउन समस्या भएको उनले बताए । ‘काठमाडौं भित्र निर्वाह हुने जनशक्ति छ तर, बाहिर अभाव छ,’ उनले भने, ‘एक संघीय अस्पतालमा ९ दरवन्दी भएको ठाउँमा एक मेसु मात्र भएका ठाउँ पनि छन् । बाँकी काठमाडौंमै छन् ।’

अब राज्यले जनशक्ति उत्पादन प्रक्रिया सहज बनाउनु जरुरी रहेको बताउँदै जनशक्ति उत्पादन कम खर्चिलो र राज्यको आवश्यकता अनुसार लगानी गरेर उत्पादन गर्नुपर्ने बनाउनु आवश्यक रहेको धारणा राखे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ