गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारास्थित घरमा आगजनी राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारास्थित घरमा आगजनी हेल्थ आवाज मंगलवार, २०८२ भदौ २४ गते, १२:३० मा प्रकाशित काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलबार पौडेलको घरको छतबाट आगोको मुस्लो फुसफुसाइरहेको छ । प्रदर्शनकारीहरुले उनको घर घेरेका छन् । यस्तै, प्रदर्शनकारीहरुले बुढानिलकण्ठ र धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवास, उर्जामन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित निवासमा आगजनी तथा तोडफोड गरेका छन् । यस्तै, एमाले नेता रघुवीर महासेठको जनकपुरस्थित घरमा ढुंगामुढा भएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि ढुंगामुढा भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ